२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डले ‘प्री–आईपीओ’ सेयर बिक्री तुरुन्त रोक्न आदेश



अ+ अ-

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ‘प्री–आईपीओ’ नाममा भइरहेको अवैध सेयर बिक्री र रकम संकलन तुरुन्त रोक्न निर्देशन दिएको छ।

बोर्डले सोमबार जारी गरेको सूचनामा भनिएको छ कि सार्वजनिक निष्कासन प्रक्रियामा नपुगेका कम्पनीहरूले भविष्यमा आईपीओ आउने भनी लगानीकर्तालाई आकर्षित गर्न खोज्दै अनधिकृत रूपमा रकम संकलन गरिरहेको पाइएको छ।

सोशल मिडिया, व्हाट्सएप, भाइबर, फेसबुक समूह, इमेल र एसएमएसमार्फत ‘प्री–आईपीओ’ सेयर खरिदको प्रस्ताव गरिएको गुनासो बोर्डमा आएका छन्। बोर्डले प्रचलित कानुन अनुसार यस्तो व्यवस्था नभएको स्पष्ट पारेको छ।

धितोपत्र ऐन, २०६३ को दफा २९ अनुसार, ५० जनाभन्दा बढीलाई सेयर बिक्री गर्दा मात्र सार्वजनिक निष्कासन अनुमति आवश्यक पर्छ। बोर्डले अनुमति विना यस्तो कार्य नगर्न चेतावनी दिएको छ र अवैध कारोबारमा संलग्न भए कारबाही हुने जानकारी दिएको छ।