१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मानव सभ्याताले आफ्नो संस्कृति, पहिचानतिर भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे

मानव सभ्याताले आफ्नो संस्कृति, पहिचानतिर भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्न नहुने बताउनुभएको छ ।

सोमबार काठमाडौमा आयोजित सांस्कृतिक र रचनात्मक अर्थतन्त्रको प्रवद्र्धन सम्बन्धी कार्यक्रममा उहाँले मौलिक संस्कृति र पहिचानतिर फर्केको अवस्थामा मात्रै समाज सभ्य, शान्त र खुशीमा आधारित समाज निर्माण हुने बताउनुभयो । संस्कृति नै संसारभरी शान्तिको सन्देश फैलाउन सक्ने रणनिति र सामरिकी शक्ति भएको उहाँको भनाई छ ।

मानव समाज र सभ्यतालाई समुन्नत बनाउन युनेस्को लगायतका संस्थाहरुले प्रयत्न गरिरहेको बताउँदै मन्त्री पाण्डेले भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन नसक्ने बताउनुभयो । हरेक समुदायमा रहेका संस्कृतिका आयाम र पहिचानको संवेदनशीलतालाई एक अर्को समुदायले बुझेको खण्डमा मात्रै मान्छेले मानवलाई बुझ्ने उहाँको भनाई छ ।

मन्त्री पाण्डेले पछिल्लो दिनमा नेपालमा गुरुकुलहरुको स्थापना हुन थालेको बताउनुभयो । यसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको उहाँको भनाई छ । पाण्डेका अनुसार विहारहरु संचालन हुन थालेको  छ । गुरुकुल र विहारप्रति आर्कषण बढेकोले यसले हाम्रो ज्ञानको अर्को कालखण्डको खोजी, अमुर्त सम्पदाको खोजी, अभौतिक सम्पदाको खोजी गर्ने प्रारम्भ गरेको छ ।  बिहावारीमा लगाउने दौरा सुरुवाल कोट, नेवार समुदायले प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको उहाँले बताउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘मानव सभ्याताले आफ्नो संस्कृतितिर, पहिचानतिर फर्किनुपर्नेछ । फर्केको अवस्थमा मात्रै हाम्रो समाज सभ्य समाज, फेरि पनि शान्त समाज र खुशीमा आधारित समाज निर्माण हुन सक्छ । संस्कृति नै एउटा यस्तो शक्तिशाली रणनिति हो, संस्कृति नै एउटा सामरिकी हो, जसले संसारभरी शान्तिको सन्देश फैलाउन सक्छ । मानव समाजलाई, मानव सभ्यतालाई समुन्नत बनाउन सक्छ । त्यो बाटोमा जानको लागी युनेस्को लगायतको जुन विश्वव्यापी प्रयत्न छ । त्यो प्रयत्नसँग हामी राष्ट्रहरु जोडिएका छौँ । यसले हामीलाई एउटा सफ्ट पावरको रुपमा, एउटा शक्तिशाली एकता सद्भाव तिर लिएर जानेछ । केबल भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन सक्दैन भन्ने दृश्टान्तहरु देखिएका छन् । त्यसका लागी यी विषयहरु हरेक समाजले, हरेक समुदायले बोकेका संस्कृतिका आयामहरु, अर्कोको संस्कृतिक आयाम, पहिचानप्रतिको संवेदनशीलताले मान्छेलाई चिन्दछ, बुझ्दछ । मानवलाई बुझ्दछ भन्ने कुरा पनि यो विषयसंग जोडिएका हुन् । पछिल्लो दिनमा नेपालमा पनि यो जागरण देख्छु मैले । पछिल्लो दिन नेपालमा गुरुकुलहरुको स्थापना हुन थालेको छ, यहाँहरुलाई थाहा छ ।

जसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको छ । विहारहरु संचालन हुन थालेका छन् । यीनीहरुका प्रति आर्कषण बढेको छ । जसले गर्दा हाम्रो ज्ञानको अर्को कालखण्डको ज्ञानको खोजी, अमुर्त हाम्रो सम्पदाको खोजी, अभौतिक सम्पदाको खोजी त्यसको प्रारम्भ भएको देख्न सकिन्छ । हामी विस्तारै फर्किन थालेका छौँ । बिहावारीमा लगाउने दौरा सुरुवाल कोट फेरि हाम्रो भेषभुषामा स्थापित हुन थालेको छ । नेवार समुदायले प्रयोग गर्ने विशेष गरि काठमाडौका उपत्यकाकाभित्र प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको छ । ढाकाटोपी पाल्पाको उद्यम, अहिले यो बढ्न थालेको छ । तेह्रथुमको ढाकाटोपीको उद्यम पनि बढ्न थालेको छ । यो कुराले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई एउटा उद्योगतिर जोड्ने गरेको छ ।’ 

उहाँले हस्तकलासंग जोडिएका हाम्रो पहिचान, मौलिकतालाई संरक्षण र प्रवद्र्धन गर्दै यसलाई श्रमसंग जोड्नुपर्नेमा जोड दिनुभयो ।   मन्त्री पाण्डेले पाल्पाको र तेह्रथुमको ढाकाटोपीको उद्यम पनि अहिले बढ्न थालेको बताउँदै यसले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई उद्योगतिर जोड्ने काम गरिरहेको बताउनुभयो ।