१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

समानुपातिक समावेशी निर्वाचन प्रणाली बनाउन राजनीतिक दलहरु सजग हुनुपर्छः प्रमुख सचेतक परियार

समानुपातिक समावेशी निर्वाचन प्रणाली बनाउन राजनीतिक दलहरु सजग हुनुपर्छः प्रमुख सचेतक परियार
अ अ+ अ-

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्वले सजग हुन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

वर्तमान निर्वाचन प्रणालीले जनसंख्याको वास्तविक घनत्वअनुसार सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याउनु भयो । ऐन कानूनमा समावेशी भनेर व्यवस्था राखेको भएपनि समानुपाति समावेशी सिद्धान्तअनुरुप अघि नबढ्दा समस्या भएको उहाँको तर्क छ । उहाँले अब जसको जति घनत्व, उसको त्यति नै प्रतिनिधित्व हुने व्यवस्थामा हामी निर्मम भएर जानुपर्ने धारणा राख्नुभयो । उहाँकाअनुसार हाल मुलुकमा ५० प्रतिशतभन्दा बढी महिलाको जनसंख्या भए पनि उनीहरूको सहभागिता १० प्रतिशतभन्दा कम रहेको  भने दलित समुदायको सहभागिता १३.८ प्रतिशत भनिएपनि ५ प्रतिशतमा सिमित राखिएको छ ।

उहाँले भन्नुभयो, ‘हामीले समावेशी भन्यौं समानुपातिकलाई छोडिदियौं । समावेशी भन्दाखेरी जजसको ससमावेशिता भएपनि हुने, हामीले समानुपातिक भन्ने कुरा छोडिदियौं । वास्तवमा हाम्रो समानुपातिक समावेशी भन्ने अवधारणा थियो । त्यो भनेको अहिले जुन तपाईले लेख्नु भएको छ, जसको जति घनत्व, उसको त्यति नै प्रतिनिधित्व हुने व्यवस्थामा हामी निर्मम भएर जानुपर्छ । यसमा कुनै सम्झौता गर्नुहुदैन । जनसंख्या बढेपछि पनि सहभागिता स्थिर रहने कतै हुन्छ ? जनसंख्याको प्रतिशत बढेपछि त सहभागिता पनि बढ्नुप¥यो नि । अहिले दलितहरुको १३.८ प्रतिशत सहभागिता भनिएको छ । तर सहभागिता ५.८२ प्रतिशत मात्रै रहेको छ । अनि कहाँको समृद्धिको कुरा गरेको भन्या के यस्तो ? ५० प्रतिशतभन्दा बढी मुलुकमा महिलाको जनसंख्या छ । अनि १० प्रतिशत पनि उनीहरुलाई सहभागि नगराएर यो देशमा समृद्धि आउँछ भन्ने कुन चाहीँ अर्थशास्त्र हो क्या त्यो ? यस्तो कुरामा राजनीतिक नेतृत्व अलिकति सजक हुनुप¥यो । आज निर्णायक ठाउँमा भएका काँग्रेस र एमालेलाई मेरो आग्रह के छ भने आत्माले यो कुरा कार्यान्वयन गर्नुपर्यो । हाम्रो चेतना र बुद्धिले नभ्याएर त यो कानून बनाउनु परेको हो नि । बुद्धि थियो भने त कानून किन चाहिन्थ्यो र ?’

समानुपातिक समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयन गर्नका लागि उहाँले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)लाई आग्रह समेत गर्नुभयो ।