२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेन्द्रको प्रश्न- प्रचण्डले काँध फेर्दा ढल्ने चाहिँ के हो ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीका नेताहरुले आफूले नै सबै पृथ्वी धानेको घमण्ड पलाएको आफूले पाएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, पार्टीका नेताहरुले आफूले नै सारा सृष्टि धानेको, पृथ्वी नै आफूले बोकेको र आफू नहुने हो भने सबै गर्ल्यामगुर्लम्म ढल्छ भन्ने भ्रम पलाएको छ । यो दम्भ मात्र हो । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति यो कटाक्ष गर्नुभएको थियो ।

उहाँले नेताहरूका यही सोचले नै राजनीतिक दलहरुमा नेतृत्वको पुस्तान्तरण हुन नसकेको तर्क पेश गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनअघि एक कार्यक्रममा आफूले धेरै भार बोकिरहेको र आफूले काँध फेर्दा गर्ल्यामगुर्लुम ढल्छ जस्तो लाग्छ भनेर दिएको अभिव्यक्तिमाथि रिजालको यो टिप्पणी हो ।

सो कार्यक्रममा डा रिजालले भन्नुभयो ‘नाम लिन जरुरी त रहेन। तर पनि कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ या ढल्छ जस्तो लाग्छ भन्नुहुन्छ। छोड्नै नमिल्ने भएको छ। तर उहाँले छोड्दा सबै ढल्ने चाहिँ के रहेछ ?’ राजतन्त्रको उदाहरण दिँदै उहाँले भन्नुभयो ‘बरु राजतन्त्रमा पुस्तान्तरण हुन्छ, तर पनि राजनीतिमा भने पुस्तान्तरण हुन निकै कठिन भएको छ । यो गणतन्त्रको सबल पक्ष होइन ।’