८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नं ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले जलवायु परिवर्तनका कारण नेपाल अकल्पनीय समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

सो समारोहमा उहाँले भन्नुभयो “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा परेको छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था पनि छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने अवस्था छ ।”

नेपालले केही महिनाअघि पनि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्था र व्यवस्थाका बारेमा आफ्ना धारणा सहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उहाँले दिनुभयो ।

मन्त्री डा राणाले नेपालका तर्फबाट आफूले पहिलो पटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रुपमा उठाएको स्मरण गर्दै अब कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्डसहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि लाग्ने पनि जानकारी गराउनुभयो ।

अहिले देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न र भोलिको पुस्ताको भविष्यलाई सुरक्षित बनाइराख्न मुलुकको युवा पुस्ताको भूमिका अझ महत्वपूर्ण रहेको उहाँको भनाई थियो । यस विषयमा थप अध्ययन अनुसन्धान गर्न, वातावरण संरक्षणका कार्यक्रमहरुमा सहभागिता जनाउन र नेपालको प्राकृतिक क्षेत्र र जलसम्पदाको संरक्षण र सम्वर्धनका क्षेत्रमा अहिल्यैदेखि लाग्न उहाँले युवा पुस्तालाई सुझाव पनि दिनुभयो ।
६ भदौ, २०८२