१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
अ अ+ अ-

थाइल्यान्ड: थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रबार शाही मानहानिको आरोपबाट निर्दोष ठहर हुनुभएको छ । यसले दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उहाँको परिवारलाई परेको ठूलो दबाब हटाएको छ ।

थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकरावमा रहँदै आएको छ । यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् ।

सधैँ राज्यसत्ता कब्जाको सङ्घर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको कथामा प्रस्ट देखिएको छ ।

छयत्तर वर्षीय थाक्सिनलाई राजा महा भाजिरालोङ्गकोर्न र उहाँको परिवारविरुद्ध आलोचना गर्ने कानूनअनुसार १५ वर्षसम्म कैद हुन सक्थ्यो । तर दुई महिनाभन्दा बढी चलेको सुनुवाइपछि उहाँ निर्दोष ठहर हुनुभयो ।

उहाँका वकिल विन्यात च्याटमन्ट्रीले बैङ्ककस्थित फौजदारी अदालतमा पत्रकारलाई भन्नुभयो, “अदालतले प्रमाण पर्याप्त नभएको ठहर गर्दै आरोप खारेज गर्‍यो ।”

तर उहाँको परिवार अझै सङ्कटमा छ । उहाँकी छोरी पेटोङ्टार्न सिनावात्रा हाल प्रधानमन्त्रीको पदबाट निलम्बनमा हुनुहुन्छ । उहाँले अर्को हप्ताको अदालतको फैसला पछि पद गुमाउनु पर्ने सम्भावना छ ।

अदालतबाट मुस्कुराउँदै निस्कनुभएएका थाक्सिनले पत्रकारलाई छोटकरीमा भन्नुभयो, “मामिला खारेज भयो ।”

उहाँको समर्थनमा करिब एक सय ५० मानिस भेला भएका थिए । तीमध्ये ६६ वर्षीय खाना विक्रेता कमल ओराहन्तले भन्नुभयो, “अदालतले राम्रो काम गर्‍यो । तर उहाँलाई अन्य तरिकाले परास्त गर्न खोज्ने केही विरोधीहरू अझै छन् भन्ने मलाई लाग्छ ।”

यो मुद्दा थाक्सिनले दशकौँ अघि दक्षिण कोरियाली मिडियामा दिनुभएको टिप्पणीबाट सुरु भएको हो । ती टिप्पणी उहाँले आफ्नी बहिनी यिङलकलाई सन् २०१४ मा अपदस्थ गर्ने सैन्य कूसँग जोडिएका थिए ।

लेज–माजेस्टे कानून यति कडा भएकाले, एएफपीले थाक्सिनका ती भनाइहरू उद्धृत गरेर रिपोर्ट गर्न सकेको छैन, किनभने त्यसो गर्दा आफैँमा आपराधिक आरोप लाग्न सक्छ ।

– वर्षौंको सङ्घर्ष –

सन् २००० को दशकमा दुई पटक प्रधानमन्त्री बनेका थाक्सिन सैन्य कूपछि अपदस्थ हुनुभयो र करिब १५ वर्ष निर्वासनमा बस्नुभयो । अन्ततः सन् २०२३ अगस्टमा उहाँ थाइल्यान्ड फर्किनुभयो ।

उहाँ फर्किएको दिन नै उहाँको परिवारको फेउ थाई पार्टीले पुराना विरोधीहरूसँग मिलेर गठबन्धन सरकार गठन गरेको थियो । यसलाई धेरैले गुप्त सम्झौतासँग जोडेर हेरेका थिए ।

थाक्सिन फर्किएलगत्तै भ्रष्टाचार र पदको दुरुपयोगका मुद्दामा उहाँलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा राख्नुको सट्टा स्वास्थ्य समस्याका कारण उहाँलाई प्रहरी अस्पतालको निजी कोठामा राखियो ।

छिट्टै राजाले सजाय घटाएर एक वर्षमा पु¥याउनुभयो । त्यसपछि वृद्ध कैदीहरूको प्रारम्भिक रिहाइ कार्यक्रममा सन् २०२४ फेब्रुअरीमा उहाँ स्वतन्त्र हुनुभयो ।

तर यसरी छुटेका कारण अब अर्को कानूनी विवाद चर्किएको छ । आलोचकहरूले उहाँ जेलको कोठरीमा कहिल्यै नबसेको र छिट्टै छुट्न योग्य नभएको दाबी गरेका छन् । यो मुद्दा सेप्टेम्बर ९ मा टुङ्गिनेछ ।

थाइल्यान्डमा लेज–माजेस्टे कानूनलाई आपराधिक संहितामा धारा ११२ भनिन्छ । विशेष गरी सन् २०२० को सरकारविरोधी आन्दोलनपछि यसअन्तर्गत मुद्दा दर्ता तीव्र रूपमा बढेका छन् । केही प्रदर्शनकारीहरूले राजतन्त्रको खुलेर आलोचना गरेका थिए ।

थाई मानव अधिकार वकिलहरूको समूहका अनुसार विगत पाँच वर्षमा मात्रै धारा ११२ अन्तर्गत दुई सय ८० भन्दा बढी व्यक्तिमाथि मुद्दा दायर भएको छ ।

यस कानुनअनुसार राजा, रानी, उत्तराधिकारी वा राजप्रतिनिधिलाई अपमान गर्ने, बदनाम गर्ने वा धम्की दिने जो कोहीलाई १५ वर्षसम्म कैद हुनसक्छ ।

मानव अधिकार समूह र आलोचकहरूका अनुसार यो कानूनलाई अहिले यति व्यापक रूपमा प्रयोग गरिएको छ कि असहमति र वैध बहसलाई दबाउने हतियार बनाइएको छ ।रासस