काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगीको जानकारी भए सूचना दिन आग्रह गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । भिसासम्बन्धी ठगी गर्न खोज्ने केही व्यक्तिहरुका कारण सबै भिसा आवेदनमाथि थप कडाईका साथ जाँच हुने अवस्था सिर्जना हुने भन्दै दूतावासले कडा छानविनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्ने र अधिकारीहरुले यसलाई गम्भिरताका साथ लिने जनाएको छ ।
यदि भिसा ठगीबारे जानकारी भए दूतावासले [email protected] मा रिपोर्ट गर्न आग्रह गरेको छ ।











