११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल
अ अ+ अ-

चितवन। चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ ।

चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।
पाँच दिनअघि यहाँ आएको सात सदस्यीय चिनियाँविज्ञ टोलीले विभिन्न विभागमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रूपमा अन्तक्र्रिया गरी आवश्यक पूर्वाधारका विषयमा समेत राय लिएको छ ।

बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यही रहेका बेला नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन आज यहाँ आउनुभएको थियो । उहाँले चीन–नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरू भएको बताउनुभयो ।

उहाँले यस परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालझैँ अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपले प्रकट भइरहेको बताउनुभयो ।

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले समेत चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताउनुभयो ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले चीनबाट आएको विज्ञ टोलीले पाँच दिनसम्म स्थलगत अध्ययन गरेको र त्यसपछि जनशक्ति तालिमलाई प्राथमिकता दिनु आवश्यक देखिएको बताउनुभयो ।

डा साहका अनुसार, बोनम्यारो प्रत्यारोपण सेवा केवल एक विभागले मात्र सम्भव नहुने भएकाले मेडिकल अङ्कोलोजी, हेमाटोलोजी, आइसियु, रेडिएसन अङ्कोलोजी र प्याथोलोजीजस्ता विभागको संयुक्त क्षमता आवश्यक हुन्छ । “डाक्टर मात्र सक्षम भएर पुग्दैन, नर्स, प्यारामेडिक्स र अन्य प्राविधिक पनि दक्ष हुनुपर्छ”, डा साहले भन्नुभयो ।

चीनको हेबेई मेडिकल विश्वविद्यालयको चौथो अस्पताल यस परियोजनाको मुख्य जिम्मेवार पक्ष हो । चीनको बोनम्यारो ट्रान्सप्लान्ट (बिएमटी) टोलीका प्रमुख एवं नेपालमा कार्यरत १५ औँ चिनियाँ चिकित्सक टोलीका टोली नेता डा झाओ गुइमिनले चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनशक्ति तालिम र क्षमता विकासमा सहयोग गर्ने बताउनुभयो ।

चीन सरकारले अस्पतलाको प्रशासनिक भवन नजिक दुई तले नयाँ भवन निर्माण, उपकरण जडान र जनशक्तिलाई  तालिम दिने छ । सबैकाम चिनियाँ सरकारले गर्ने भएकाले वास्तविक लागत अस्पतालमा नआउने भए पनि काम सम्पन्न गर्न करिब रु २० करोड खर्च हुने अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताउनुभयो ।

डा पौडेलका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले अस्पतालमा रोवटीक सर्जरी, रेडियोथेरापिका लागि लिन्याक मेसिन र सात प्रदेशमा सञ्चालन गरिएको विस्तारित सेवाका लागि सवारीसाधन व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पौडेलले भन्नुभयो, “राजदूतले रकमको व्यवस्थापन हुन्छ आवश्यक प्रक्रिया अघि बढाउनु भनेपछि हामी अघि बढेका छाँै ।”

क्यान्सर अस्पतालबाट गएको दुई वर्षमा ५० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई चीन पठाएर तालिम समेत गराइएको छ । अब प्रत्यारोपणका लागि समेत तालिममा चिकित्सक नर्स चीन जानेछन् । यो अस्पताल चीन सरकारले बनाइदिएको हो ।