११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

नगपालिकाद्वारा सञ्चालित ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द

नगपालिकाद्वारा सञ्चालित ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द
अ अ+ अ-

इलाम। इलाम नगरपालिकाले विगत चार वर्षदेखि सञ्चालन गरेको ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द भएको छ । स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पतालको रूपमा इलाम नगरपालिका–९ सिंहबाहिनीमा सञ्चालित अस्पताल नयाँ आर्थिक वर्षको सुरूआतसँगै बन्द भएको हो ।

विसं २०७८ पुस ७ गते उद्घाटन गरी चार वर्षसम्म सञ्चालन भएको आँखा अस्पताल नगरपालिकाले नै बन्द गरेको हो । बजारदेखि अस्पताल टाढा भएकाले सेवाग्राहीलाई अस्पताल पुग्न समस्या भएको भन्दै नगरपालिकाले अस्पताल बन्द गरेको हो ।

सो अस्पतालमा शल्यक्रियाबाहेकको सबै सेवा प्रवाह भइरहेको थियो । अस्पतालमा सातौँ तहका एकजना नेत्र विशेषज्ञ, पाँचौँ तहको एक जना नेत्र सहायक, एक जना फार्मेसिष्ट र एक जना चस्मा बनाउने प्राविधिक कार्यरत थिए ।

नगरपालिका आफैँले सञ्चालन गरेको ‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द गरेपछि नगरवासीले नेतृत्वको तीव्र आलोचना गर्दै पुनः अस्पताल सञ्चालन गर्न माग गरेका छन् । इलाम नगरपालिका–५ का निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले अस्पताल बन्द गरिएको समाचारले नागरिकमा गलत सन्देश प्रवाह भएको भन्दै पुनः अस्पताल सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।

“अघिल्लो कार्यकालमा आँखासम्बन्धी रोगको सहज र सरल रूपमा उपचार पाउन भन्ने उद्देश्यले लाखौँको उपकरणको व्यवस्थापन गरी सञ्चालन गरिएको सामुदायिक आँखा अस्पताल अहिले बन्द हुनु दुःखद् कुरा हो”, श्रेष्ठले भन्नुभयो, “यसले आम नागरिकहरूमा असुविधा प्रदान गरेको थियो, बाहिर सन्देश पनि राम्रो गएको छैन, त्यसैले तत्काल अस्पताल सञ्चालन गरी सेवा प्रवाह गर्न नगरपालिकालाई अनुरोध गर्दछु ।”

इलाम नगरपालिका–७ का प्रकाश घिमिरेले नगरपालिकाले छुट्टै व्यवस्थापन गरी बृहत् सामुदायिक आँखा अस्पताल सञ्चालन गर्न लाग्नुपर्नेमा सञ्चालन भइरहेको अस्पताल समेत बन्द गरिनु जनस्वास्थ्यमाथि खेलवाड गरिएको टिप्पणी गर्नुभयो । उहाँले अघिल्लो कार्यकालको कामलाई निरन्तरता नदिँदा त्यतिबेला प्रयोग भएको स्रोतसधान खेर जाने भन्दै राम्रो कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

इलाम नगरपालिकाले सिंहबाहिनी खोल्सालाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि छ कोठा भएको एकतले भवन निर्माण गरेको थियो । नगरपालिकाले रु ५७ लाख ९० हजारको लागतमा भवन समेत निर्माण र उपकरण जडान गरी आँखा अस्पतालको सेवा सुरु गरेको थियो । अस्पताल बन्द भएपछि अहिले तत्कालीन इलाम सामुदायिक आँखा अस्पतालको भवन प्रयोगविहीन भएको छ ।

नगरपालिकाले आँखा अस्पताल सञ्चालन र व्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको थियो । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालक समिति गठन हुने व्यवस्था गरेको छ ।

यता इलाम नगरपालिकाले भने आफैँले सञ्चालन गरेको ‘सामुदायिक आँखा अस्पतालन बन्द’ गरेपछि पनि इलाम अस्पतालसँगको सहकार्यमा सेवाग्राहीलाई नियमित सेवा प्रवाह गरिरहेको जनाएको छ । इलाम अस्पतालबाटै सेवा प्रवाह हुनेगरी व्यवस्था मिलाइएको अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहनुभएकी इलाम नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले बताउनुभयो ।

“हाम्रो सामुदायिक आँखा अस्पताल बजारबाट अलि टाढा भएकाले सेवाग्राही आउन नै समस्या भयो, सेवाग्राही आउनै समस्या भएपछि अस्पताल सञ्चालन गर्न समस्या भयो”, उपप्रमुख लिम्बूले भन्नुभयो, “हामीले इलाम अस्पतालसँग सम्झौता गरी त्यहीँबाट सबै सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छौँ ।”

इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले कोही प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकै अनुमतिमा इलाम अस्पतालसँग सम्झौता गरेर त्यहीँ आँखा अस्पताल सञ्चानल गरिएको बताउनुभयो । एक जना नेत्र विशेषज्ञको पारिश्रमिक नगरपालिकाले भुक्तानी गर्ने र अन्य सबै इलाम अस्पतालको मातहतमा रहने गरी सम्झौता भएको उहाँले बताउनुभयो ।

“हामीले एक जना नेत्र विशेषज्ञको पारिश्रमिक हामीले दिने र बाँकीको इलाम अस्पतालले नै दिने गरी सम्झौता गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, “सम्झौताअनुसार सबै उपकरण इलाम अस्पताललाई हस्तान्तरण गरिसकिएको छ, त्यहीँबाट सेवा प्रवाह भइरहेको छ ।”

अहिले इलाम अस्पतालको बहिरङ्ग शाखाको एउटा सानो कोठामा आँखा अस्पताल सञ्चालन हुँदै आएको छ । इलाम अस्पताल ‘इलाम सामुदायिक आँखा अस्पताल’बाट करिब एक किलोमिटरको दूरीमा अवस्थित छ । रासस