५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उहाँले कुनै पनि अवस्थामा समयमै काम हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“समन्वयात्मक रूपमा अघि बढुनुहोस् । कार्यतालिका बमोजिम काम गर्नुहोस् । संसद् भवनकै कारण मन्त्रालयमाथि प्रश्न उठेको छ । केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्छ, तर काममा आलटल स्वीकार्य हुँदैन ।”

उहाँले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिनुभयो ।

छलफलमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता रहेको थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारेमा जानकारी गराउनुभयो । अब भवन वरिपरी बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटरीको काम, आन्तरिक सजावटलगायत काम बाँकी रहेको उहाले बताउनुभयो ।

निर्माण व्यवसायीले अधिकांश काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए । अगामी पुस मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने कार्यतालिका छ । रासस