११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत
अ अ+ अ-

मुस्ताङ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित च्याङ्ग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि तथा पशु फार्म, समूह, सहकारी र निजी कम्पनी सूचीकृत भएका छन् । यहाँ आर्थिक वर्ष २०७८/०७९ देखि च्याङ्ग्रा जोन कार्यक्रम कार्यान्वयनमा छ ।

जोनको लक्ष्य जिल्लाका च्याङ्ग्रा पालक किसानलाई बढीभन्दा बढी आबद्धता गराउने रहे पनि लक्ष्यअनुसार सूचीकृत हुन नसकेको कार्यालय प्रमुख भरत गौतमले बताउनुभयो । सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा च्याङ्ग्रापालक किसानलाई जोनमा आबद्ध गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका अनुसार यहाँको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका १५ वटा वडाका च्याङ्ग्रापालक किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका हुन् । यहाँको घरपझोङ र थासाङ गाउँपालिकाबाट कुनै पनि च्याङ्ग्रापालक व्यवसायीले जोनमा सूचीकृत हुन आवेदन पेस गरेनन् ।

मुस्ताङमा ५६ हजार च्याङ्ग्रा र पाँच हजार ५०० को हाराहारीमा च्याङ्ग्रापालन भइरहेको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । तर, यहाँको सङ्घीय च्याङ्ग्रा जोन कार्यक्रममा ७८ वटा सूचीकृत फार्म, समूह, सहकारी र निजी कम्पनीका गरी १९ हजार ९९४ वटा मात्रै च्याङ्ग्रा पालन भइरहेको छ ।

च्याङ्ग्रा जोनमा पालन गरिएका च्याङ्ग्राको सङ्ख्यामध्ये १२ हजार बढी च्याङ्ग्राका माउ रहेको कार्यालयले जनाएको छ । जिल्लामा भएका च्याङ्ग्रापालनको कूल सङ्ख्यामध्ये जोनमा आबद्ध भएका किसानको च्याङ्ग्राको सङ्ख्या करिब ३३ प्रतिशत मात्रै हो ।

यहाँको च्याङ्ग्रा जोन सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले जोनमा सूचीकृत हुन नसकेका च्याङ्ग्रा पालकलाई संस्था दर्ता र स्थानीय तहको सिफारिसमा कार्यालयबाटै जुनसुकै बेला सूचीकृत गराउन सकिने कार्यालय प्रमुख गौतमको भनाइ छ ।

मुस्ताङबाट बर्सेनि औसत १० देखि २० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्रीका लागि जिल्ला बाहिर पठाइन्छ । च्याङ्ग्रा जोनमा आबद्ध किसानको च्याङ्ग्रा वार्षिक औसत पाँच हजारको सङ्ख्यामा जिल्लादेखि बाहिरिने गरेको छ ।

मुस्ताङका किसानले मुख्यगरी मासु उत्पादनका लागि च्याङ्ग्रापालन गर्ने गर्छन् । पछिल्लो समय च्याङ्ग्राको रौँबाट पश्मिना उत्पादनतर्फ पनि आकर्षित हुन थालेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले च्याङ्ग्रा जोनमा सूचीकृत किसानलाई विभिन्न शीर्षकमा अनुदान सहुलियत दिने गरेको छ । रासस