२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घबाट राससलाई पुस्तक प्रदान



अ+ अ-

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले राष्ट्रिय समाचार समिति (रासस)लाई पत्रकारितासम्बन्धी ५० थान पुस्तक उपलब्ध गराएको छ ।

रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज महासङ्घ महासचिव रामप्रसाद दाहालले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससको पुस्तकालयका लागि पत्रकारितासम्बन्धी महत्त्वपूर्ण पुस्तक उपलब्ध गराएकामा धन्यवाद दिनुभयो । उहाँले राससले स्थापना गरेको पुस्तकालयले पत्रकार र पत्रकारिताका विद्यार्थीलगायत मिडिया तथा पत्रकारिताबारे रुचि राख्नेहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने अभियानमा महासङ्घले पुस्तक उपलब्ध गराएकामा खुसी व्यक्त गर्नुभयो ।

महासङ्घका महासचिव दाहालले पत्रकारिताबारे सोध, अनुसन्धान गर्नेहरूको सहजताका लागि रासस पुस्तकालय सहयोग पुग्ने भन्दै यसलाई ‘इलाइब्रेरी’ कै रूपमा विकास गर्न सके अझै राम्रो हुने बताउनुभयो ।

रासस मिडिया सङ्ग्रहालयसँगै पुस्तकालयको स्थापना गरेको छ । यसप्रति आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकार भएका व्यक्ति तथा संस्थाका प्रतिनिधिहरू अवलोकनका लागि आउने क्रम जारी छ ।

राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन कक्ष’ सबैका लागि खुला गरेको छ ।

यहाँ रासस स्थापना भएको दिन २०१८ फागुन ७ गतेदेखि हालसम्मका समाचार सामग्री बुलेटिन तथा सञ्चार उपकरण राखिएका छन् । यस्तै, पुस्तकालयमा हाल विभिन्न किसिमका ७०० हाराहारी पुस्तक छन् । रासस