५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान



अ+ अ-

काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो ।

कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

हालसम्म कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ ।

देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ वृद्धि हुने अनुमान गरिएको छ ।

धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । तराईमा कूल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने जनाइएको छ । रासस




भर्खरै