काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइँदैछ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेले दिएको निवेदनको आधारमा शुक्रबर कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । उनलाई भैरहवाबाट दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो ।











