७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव
अ+ अ-

 

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले २९ श्रावन २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पार्नुभयो । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा(SCT-UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा(Smart Banking) , अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), क्युआर भुक्तानी सेवा (Smart QR) र मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गर्नुभयो ।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर श्री रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गर्नुभयो । Smart QR Soundbox स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू Smart QR Soundbox मार्फत सुन्न सक्नेछन् ।

Smart QR Soundbox लाई मर्चेन्टहरूले आफ्नो Wi-Fi संग लिङ्क गरेर वा Smart QR Soundbox मै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू Smart QR Soundbox मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । SCT ले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे Smart QR Soundbox मार्फत जानकारी हुन्छ ।

साथै SCT Hub स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन (ATM Management), कार्ड व्यवस्थापन (Card Management), विवाद व्यवस्थापन (Dispute Management), सतर्कता व्यवस्थापन(Alert Management), प्रयोगकर्ता व्यवस्थापन (User Management), Report Generation लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।