१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव



अ+ अ-

 

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले २९ श्रावन २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पार्नुभयो । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा(SCT-UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा(Smart Banking) , अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), क्युआर भुक्तानी सेवा (Smart QR) र मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गर्नुभयो ।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर श्री रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गर्नुभयो । Smart QR Soundbox स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू Smart QR Soundbox मार्फत सुन्न सक्नेछन् ।

Smart QR Soundbox लाई मर्चेन्टहरूले आफ्नो Wi-Fi संग लिङ्क गरेर वा Smart QR Soundbox मै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू Smart QR Soundbox मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । SCT ले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे Smart QR Soundbox मार्फत जानकारी हुन्छ ।

साथै SCT Hub स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन (ATM Management), कार्ड व्यवस्थापन (Card Management), विवाद व्यवस्थापन (Dispute Management), सतर्कता व्यवस्थापन(Alert Management), प्रयोगकर्ता व्यवस्थापन (User Management), Report Generation लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।