७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

भारतबाट अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार, सरकारले छिट्टै सार्वजनिक गर्ने

भारतबाट अतिक्रमित भूमि समेटेर नयाँ नक्सा तयार, सरकारले छिट्टै सार्वजनिक गर्ने
अ+ अ-

काठमाडौं: नेपालको नयाँ राजनीतिक नक्सा तयार भएर मन्त्रिपरिषादमा पेश भएकाे छ ।

सरकारको नीति तथा कार्यक्रममा समेत परेको यो विषयलाई आइतबार बसेको मन्त्री परिषद्को बैठकमा पेश गरिएकाे हाे ।

७७ जिल्ला सहित भारतबाट अतिक्रमित भएको मानिएको  भूभाग कालापानी , लिम्पियाधुरा समेटेर  नापी विभागले तयार पारेको नक्सालाई आइतबार बसेको मन्त्री परिषद्को बैठकमा अनुमोदनका लागि पेश गरिएकाे थियाे ।

यसैगरी ७५३ वटै स्थानीय निकायहरू, प्रशासनिक इकाईहरू तथा भारतद्वारा अतिक्रमित कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरा सहित समेटिएको नयाँ नक्सा पेश भएकाे एक मन्त्रीले जानकारी दिए ।

 २०३२ सालमा नापी विभागले जारी गरेको नक्सा पछि नेपाल सरकारले राजनीति र प्रशासनिक विभाजनको नक्सा  तयार पारेकाे हाे ।  

यसअघि प्रयोग गरिँदै आएको नक्सामा भारतबाट अतिक्रमण गरेको भनिएको भूभाग समेटिएको थिएन ।

विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको  नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  मन्त्री परिषद्को बैठकमा पेश गर्नुभएको थियो ।

भारतले कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरा समेत क्षेत्र अतिक्रमण गरी सडक लगायत भौतिक पूर्वाधारको विकास गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

भारतसँग वार्ता गरी नेपालको भू–भाग फिर्ता लिनका लागि दबाबमा परेको सरकारले राजनीतिक र कुटनीतिक सन्देश दिनका लागि नयाँ नक्सा जारी गरेको ठानिएकाे छ ।  

करिब ६ महिना अधि भारतले नेपालको केही भू–भाग समेटेर  नयाँ नक्सा जारी गरेपछि सीमा अतिक्रमणको विवाद तिब्र  भएको थियो ।

नक्सा सार्वजनिक भएपछि  र सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट पनि बुझाएको थियो । नेपालले पनि नयाँ नक्सा तयार गरेपछि नेपाल भारत सीमा विवाद नया माेडमा पुगेको छ ।

नेपाल भित्र भारत बिरोधी भावना बढ्दै जान थालेपछि समस्या समाधानका लागि भारतले केही संकेत दिएको उच्च स्राेतले जनाएको छ ।

उसले कालापानी क्षेत्र उच्च सामरिक महत्वकाे क्षेत्र भएका कारण नवलपरासीको सुस्ता क्षेत्रका केही जमिन छाडेर हाल कालापानीमा प्रयोग भएको भूमी आफूले उपयोग गर्ने प्रस्ताव नेपाल सरकार समक्ष राख्ने  तयारी  गरिएको स्राेतले जनाएको छ ।