२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणमा अल जजिराका पाँच पत्रकारको मृत्यु



Photo : अल जजिरा
अ+ अ-

काठमाडौं । इजरायलको आक्रमणमा परेर अल जजिराका पाँच पत्रकारको मृत्यु भएको छ ।

गाजा शहरको अल–शिफा अस्पतालनजिक रहेको टेन्टमा गएराति इजरायलले आक्रमण गर्दा पाँच पत्रकारसहित सात जनाको मृत्यु भएको हो ।

संवाददाता अनस अल–शरीफ र मोहम्मद क्रेइकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला उनीहरूमाथि आक्रमण भएको थियो । जसलाई अल जजिराले ‘पूर्वनियोजित आक्रमण’ भनेको छ ।

मारिएका मध्ये २८ वर्षीय अल–शरीफ लामो समयदेखि गाजाको उत्तरी भागबाट गहिरो रिपोर्टिङ गर्दै आएका संवाददाता हुन् । उनले मारिनुभन्दा केही अघि एक्समा भिडियो पोस्ट गरेका थिए, जुन भिडियोमा इजरायली मिसाइल आक्रमणको ठूला विस्फोटको आवाज सुन्न सकिन्छ ।