८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर ललित राजवंशीलाई मातृशोक



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर ललित राजवंशीलाई मातृशोक परेको छ ।

राजवंशीकी आमा शुभकुमारी राजवंशीको विराटनगर-१४ जतुवास्थित आफ्नै घरमा निधन भएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए ।

६० वर्षीया राजवंशी लामोसमयदेखि दमसँगै फोक्सोको विरामी रहेकी थिइन् । राजवंशीको घरबाट करिब १५ मिनेटको दुरीमा रहेको सिंघीया खोलामा विधिपूर्वक अन्त्येष्टि गरिने छिमेकी राजकुमार विश्वासले जानकारी दिए ।

कान्छो छोरा ललितको परिवारमा ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर राजवंशी र बहिनी सुमन राजवंशी रहेका छन् ।