२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर ललित राजवंशीलाई मातृशोक



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर ललित राजवंशीलाई मातृशोक परेको छ ।

राजवंशीकी आमा शुभकुमारी राजवंशीको विराटनगर-१४ जतुवास्थित आफ्नै घरमा निधन भएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए ।

६० वर्षीया राजवंशी लामोसमयदेखि दमसँगै फोक्सोको विरामी रहेकी थिइन् । राजवंशीको घरबाट करिब १५ मिनेटको दुरीमा रहेको सिंघीया खोलामा विधिपूर्वक अन्त्येष्टि गरिने छिमेकी राजकुमार विश्वासले जानकारी दिए ।

कान्छो छोरा ललितको परिवारमा ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर राजवंशी र बहिनी सुमन राजवंशी रहेका छन् ।