१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा गाईजात्राको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत् नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्षदिनभित्र दिवंगत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाइजात्रा (सापारु) पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले यस्ता पर्वले समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै हास्य–व्यंग्यमार्फत समाजमा विद्यमान विकृति–विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने भएकाले यो पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ–

नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्षदिनभित्र दिवंगत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाइजात्रा (सापारु) पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पुर्खाप्रति कृतज्ञता प्रकट गर्ने, मृत्युलाई जीवनको शाश्वत सत्यका रूपमा स्वीकार गर्ने, समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने तथा हास्य–व्यंग्यमार्फत समाजमा विद्यमान विकृति–विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने यो पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाइजात्रा पर्व हाम्रो सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब हो । यस पर्वले पितृआशीर्वादसहित आपसी सम्मान, सहिष्णुता र सांस्कृतिक गौरवको भावना अझ प्रगाढ बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।