१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई भेट्न पौडेल बालकोटमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

संसदको अवरोध खुलाउन आग्रह गर्दै नेता पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेका हुन् ।

भेटमा नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेको बताइएको छ । 

जवाफमा, अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने बताएका छन् ।