कराँचीः पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) काे एउटा यात्रुवाहक बिमान कराँची विमानस्थल नजिक शुक्रबार दुर्घटनाग्रस्त भएकाे छ । एपीका अनुसार विमानमा चालक दलका सदस्य सहित १०७ जना रहेका थिए ।
पिआइएका प्रवक्ता अब्दुल सत्तारले एयरबस कम्पनीकाे ए३२० विमान दुर्घटनाग्रस्त भएकाे पुष्टि गरे । याे विमान लाहाेरबाट कराँचीका लागि उडेकाे थियाे ।
प्रत्यक्षदर्शीका अनुसार विमान अवतरण गर्नुअघि तीनपल्ट धावनमार्गकाे वरिपरि उडेकाे र एक्कासी विमानस्थल बाहिरकाे घनावस्तीमा खसेकाे थियाे ।
उद्धार कार्य जारी रहेकाे स्थानीय अधिकारीहरूले बताएका छन् । (एजेन्सी)