७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी
अ+ अ-

गण्डकी। पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले एक समारोहका बीच आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

तालको दीगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको महानगर प्रमुख आचार्यले बताउनुभयो ।

समझदारी पत्रमा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्टर्नसीप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा रहेका विपन्न  परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरिने उल्लेख छ ।

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले महानगर क्षेत्रमा रहेका तालको सरसफाइ र जलकुम्भीलगायत झारको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सीप विकास, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने बताउनुभयो ।

पहिलो चरणमा पाइलट परियोजनाका रुपमा छ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारिताका आधारमा फेवाताललगायत अन्य तालमा परियोजना क्रमशः विस्तार गर्दै लगिनेछ ।

परियोजनामार्फत पोखरामा रहेका तालको दीगो संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ भने, तालहरूमा देखिने फोहर र प्रदूषणको समस्या समाधान हुने अपेक्षा छ ।

स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्दै विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलनमार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्ने जनाइएको छ । रासस