९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमित भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गर्न गगन थापाकाे आग्रह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवानेता एवं सांसद गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् ।

सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ ।

कांग्रेस संसद थापाले एक लिखित नाेट सार्वजनिक गर्दै याे राष्ट्रिय प्रतिबद्धताको विषय भएकाले संविधान संशोधन प्रस्ताव द्रूत गतिमा सर्वसम्मत पास गर्नुपर्ने बताउँदै नेपालको नयाँ नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने बताए ।

आन्तरिक मामिलामा मतभेद भए पनि राष्ट्रिय स्वाभिमानका खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एक ठाउँमा उभिएको उनले बताएका छन् । नेपाली भूभागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म यो एकता अझ कायम रहनुपर्ने थापाले बताए ।

उनले भनेका छन्, सीमासँग सम्बन्धित विषयमा कांग्रेस र नेकपा संसदले संसदमा दर्ता गरेको दुई संकल्प प्रस्तावलाई पुनर्लेखन गरेर परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेकर कालापानीसहितको हाम्रो भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट पारित गरौं ।’

हेर्नुहाेस् थापाले जारी गरेकाे प्रेस नाेट