७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

एलडिसीमा प्रधानमन्त्रीको सम्बोधन: भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टिबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

एलडिसीमा प्रधानमन्त्रीको सम्बोधन: भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टिबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प
अ+ अ-

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गर्नुभयो ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट गर्नुभयो ।

जलवायु परिवर्तन र विपद् जोखिमका खतराका कारण भूपरिवेष्टित मुलुक प्रताडित भएको उल्लेख गर्दै उहाँले डिजिटल अर्थतन्त्रमा अगसर हुँदै समावेशी र अनुकूलन आर्थिक वृद्धिको यात्रामा दृढ सङ्कल्प र स्पष्ट योजना ल्याउन आवश्यक भएको बताउनुभयो ।

उहाँले बलियो राजनीतिक इच्छाशक्ति, कुनै पनि देशलाई पछाडि नछाड्ने नवीकृत र बलियो विश्वव्यापी साझेदारी, सबै तहमा समन्वयात्मक कार्य गर्न भूपरिवेष्टित मुलुकलाई सुझाव दिनुभयो । “म दृढ विश्वास छ, सही नीति, बलियो ऐक्यबद्धता र समर्थनको साथ यी मुलुकले भूपरिवेष्ठितबाट भूजडितमा, पारवहन आश्रितबाट व्यापार प्रतिस्पर्धी र जलवायु जोखिमपूर्णबाट जलवायु अनुकूलनमा रूपान्तरण गर्न उत्कृष्टता प्रदर्शन गर्नेछन् ।”,

उहाँले थप भन्नुभयो, “हामीले संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, पारवहन, यातायात र कनेक्टिभिटी, जलवायु अनुकूलनका नीति लिएर समानता, समावेशीकरणसहित साझा अवसरको लागि मार्ग समात्नुपर्नेछ ।”

भूगोलकै आधारमा अब कुनै पनि मुलुकको भाग्य निर्धारण हुन नहुने भन्दै उहाँले बलियो साझेदारी, स्मार्ट लगानी र अटल सामूहिक इच्छाशक्तिको साथ आफूहरूले भूपरिवेष्ठितताका सिमितता पार गर्न सकिने प्रधानमन्त्री ओलीको विश्वास छ ।

“विकासको खाडललाई कम गर्न क्षेत्रीय एकता र विश्वव्यापी सहयोग महत्त्वपूर्ण हुन्छ भन्ने विश्वास हामीलाई छ । हामी हाम्रा छिमेकी भारत र चीनसँग मिलेर धेरै क्षेत्रहरूमा कनेक्टिभिटी र सहकार्य बढाउन काम मिलेर गरिरहेका छौंँ,”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वस्त छौँ कि हाम्रा छिमेकी भारत र चीन तथा व्यापक अन्तरराष्ट्रिय समुदायको निरन्तर समर्थनले, हामी भूपरिवेष्ठितताको अवरोधलाई अवसरको प्रवेशद्वारमा रूपान्तरण गर्न सक्नेछौँ ।”

उहाँले भूपरिवेष्टित मुलुुकको परिवारको सदस्यका रूपमा सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्दै यस रूपान्तरणको लाभग्राही मात्र नभइ एक साझेदारका रूपमा नेपाल रहने बताउनुभयो । उहाँले नेपालले ‘आवाजा कार्यक्रमको कार्यढाँचा’ लाई समर्थन गर्दै यसलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई जोडर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

आजदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी मलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सम्बोधनको क्रम जारी रहेको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता पनि गर्नुहुनेछ ।