७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह नगर्दा कुलिङ पिरियडमा छेडखानीः छानविन समिति

जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह नगर्दा कुलिङ पिरियडमा छेडखानीः छानविन समिति
अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटी छानबिन विशेष समितिले मिहिन रुमपा दफावार छलफल नगर्दा र परिमार्जन गरिएको प्रतिवेदन सभामा पेश गर्नुअघि सभाका सदस्यहरुले अन्तिममा हेर्ने र छलफल नगर्दा कुलिङ अफ पिरियडमा छेडखानी भएको निष्कर्ष निकालेको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन बुझाउँदै समितिका संयोजक जीवन परियारले समितिको निष्कर्ष जानकारी गराउनुभएको हो ।

उहाँकाअनुसार मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नहुँदा यो समस्या आएको हो । विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरुले आफ्नो दायित्व पूरा नगरेकाले कानूनी तादात्म्यता नमिलेको देखिएको बताउनु भयो । विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादाम्यता नभएको विषय गम्भीर त्रुटी भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह गरेको निष्कर्ष समितिको छ । विधेयकको दफा ८२ को उपदफा ४ र ५ का बीच कानूनी तादाम्यता सम्बन्धमा गम्भीर त्रुटी देखिँदा सम्बन्धित पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सन्दर्भमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको कानूनी र पदीय जिम्मेवारी हुने हुँदा सोही बमोजिमको सुझाव एवं निष्कर्ष यस समितिको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मिहिन रुमपा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन सभामा पेश गर्नुअघि सभाका माननीय सदस्यहरुले अन्तिममा हेर्ने र छलफल नगरिएको । मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको । विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरुले आफ्नो दायित्व पूरा नगरेकाले कानूनी तादात्म्यता नमिलेको देखियो । विधेयकको दफा ८२ को उपदफा ४ र ५ बीच तादाम्यता नभएको विषय गम्भीर त्रुटी भएको देखिएकाले परिभाषित जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह गरेको भन्ने नदेखिएको । विधेयकको दफा ८२ को उपदफा ४ र ५ का बीच कानूनी तादाम्यता सम्बन्धमा गम्भीर त्रुटी देखिँदा सम्बन्धित पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सन्दर्भमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको कानूनी र पदीय जिम्मेवारी हुने हुँदा सोही बमोजिमको सुझाव एवं निष्कर्ष यस समितिको रहेको छ ।’

छानविन समितिले आगामी दिनमा यस्ता त्रुटी हुन नदिन मूल विधेयक र समितिको प्रतिवेदन एकीकृत रुपमा मिलाएर हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ ।