२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडका सम्बन्धमा गठित छानविन समितिमाथि ठूला दलका शिर्ष नेताहरुले हस्तक्षेप गरेः सांसद कुँवर



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद  शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानविन समितिमाथि ठूला दलका शिर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानविन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको उहाँले बताउनुभएको हो ।

सांसद कुँवरले मिडियामा आएजस्तो यदी छानविन समितिमाथि हस्तक्षेप भएको भए त्यो खेदजनक रहेको बताउनु भयो । संसदीय छानविन समितिको समय सीमा सकिसकेको भएपनि प्रतिवेदन नआएको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद कुँवरले भन्नुभयो–‘असार २३ मा बनेको संसदीय छानविन समितिको सीमा सकिसकेको छ, अजै प्रतिवेदन आएको छैन । सुनिँदैछ, छानविन समितिमा पनि ठूला दलका ठूला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शिर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ । यदी यो हो भने खेदजनक छ ।’

उहाँले छिटो भन्दा छिटो प्रतिवेदन बाहिर ल्याउन समेत आग्रह गर्नुभयो ।