५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाहलाई मान्यता दिने बहसबारे गृहमन्त्रीः कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस्



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कानूनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गर्नुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले विधेयक समितिसँग मुलुकी अपराध संहीता, मुलुकी फौजदारी कार्यविधि संहीता, मुलुकी देवानी संहीता, मुलुकी देवानी कार्यविधि संहीता र सजाय निर्धारण सम्बन्धी कानून गरी पाँच वटा विधेयकमा संशोधनको प्रश्ताव भएको बताउनु भयो । बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने संविधानकै व्यवस्था कुनैपनि सजायको माफी, मुलतवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्था लगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको बताउनु भयो ।

बैठकले बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिबानाको मुलतवी माफी परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले विधेयक समितिमै उपसमिति बनाएर समस्या समाधान गर्नेगरी अघि बढ्ने निर्णय भएको बताउनु भयो । उपसमितिले सम्बन्धित मन्त्रालयको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर विधयकलाई संशोधन, परिमार्जन गरेर अघि बढाइने बताउनु भयो । बहुविवाहलाई मान्यता दिने कानून सरकारले ल्याउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो । तर सरकारले विधेयक समितिबाट संशोधन र परिमार्जन गरी अघि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘मुलुकी अपराध संहीता, मुलुकी फौजदारी कार्यविधि संहीता, मुलुकी देवानी संहीता, मुलुकी देवानी कार्यविधि संहीता र सजाय निर्धारण सम्बन्धी कानून, ५ वटा विधेयकमा संशोधनको प्रश्ताव प्रश्तुत भएको छ । यहाँले भन्नुभएको जस्तो बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, त्यसरी नै विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युले गर्नुहुने संविधानकै व्यवस्था छ, कुनैपनि सजायको माफी, मुलतवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्था लगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखियो । आजको बैठकले हामी के निष्कर्षमा पुग्यौँ भने बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिबानाको मुलतवी माफी परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले हामीले विधेयक समितिमै उपसमिति बनायौँ । त्यो उपसमितिले सम्बन्धित मन्त्रालयको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर यो विधयकलाई हामीले संशोधन, परिमार्जन गरेर अघि बढाउँछौँ । नागरिकका बीचमा चासो र चिन्ता व्यक्त भएका छन्, त्यसलाई विधेयक समितिले सम्बोधन गरेर यो कानूनलाई परिमार्जन गर्दछ । कानून मन्त्रालय समेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्नुहुन्छ । त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन, परिमार्जन गर्छौं र देश र जनताको हितमा बनाउँछौँ । कानूनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।’ 

गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी कानूनबारे आम नागरिकको चासो रहेको भन्दै त्यसलाई विधेयक समितिले सम्बोधन गरेर  कानूनलाई परिमार्जन गरिने बताउनु भयो । कानून मन्त्रालय समेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्ने गरेर उपसमिति बनाइएको र त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन हुने बताउनु भयो ।