७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

सडक निर्माण गर्न म्याद थप

सडक निर्माण गर्न म्याद थप
अ+ अ-

नवलपरासी । भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रो पटक म्याद थपिएको छ ।

बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँच सय मिटर सडक निर्माण गर्न २०८० वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवल र गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम भएको डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रले बताउनुभयो ।

स्थानीयको भौतिक संरचना, बिजुलीको खम्बा सार्नुपर्नेलगायत कामका कारण ठेकेदारले समयमै काम सम्पन्न गर्न नसकेको प्रमुख मिश्रको भनाइ छ । महेशपुर सडकको काम सम्पन्न गर्न दोस्रो पटक (अन्तिम) म्याद थप गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुशिल पौडेलले बताउनुभयो । थपिएको म्यादसम्म सडकको काम सम्पन्न नगरेपछि ठेकेदारलाई कानुन बमोजिम कारबाही गरिने उहाँको भनाइ छ ।

बिजुलीको खम्बालगायत संरचना सार्नुपर्ने भएकाले समयमा काम समपन्न गर्न नसकिएको गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीका सञ्चालक मणिराम लामाले बताउनुभयो । आगामी कात्तिक महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि यति बेला वर्षा भएपछि भारतबाट आउने मालवाहक सवारी तथा यात्रुलाई हिलोमा आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरदेखि भक्सीपुरसम्म ढल निकाससहित सडक निर्माणका लागि गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो । रासस