७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

दिल्लीका उच्च अधिकारी काठमाडौँमा, मेरियट होटल क्वारेन्टिन ?

दिल्लीका उच्च अधिकारी काठमाडौँमा, मेरियट होटल क्वारेन्टिन ?
अ+ अ-

काठमाडौँ । नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा ‘अपडेट’ गरेको छ । अब यस बमोजिम नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया पनि सुरु भएको छ । संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भइसकेको छ भने यहाँका राजनीतिक दलहरुले यस बारेमा आफ्ना दलगत धारणाहरु आपसमा बनाइरहेका छन् । अहिलेसम्म सबै दलको सहमतिमा नै सर्वसम्मतिबाटै संविधान संशोधन हुने वातावरण बाहिरबाट देखिँदैछ । तर यस्तो बेलामा पछिल्लो समय सीमा विवादका कारण सम्बन्धमा दरार उत्पन्न गर्ने चेष्टा गरिरहेको दक्षिणी छिमेकी मुलुक भारतका नेताहरुको भने नेपाल सम्बन्धमा भारतबाट प्रतिक्रिया दिने तथा नेपालमै आएर प्रभावित पार्नखोज्ने खेल भएको बुझिएको छ । यसको पछिल्लो प्रमाण भारतका पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण नै नेपाल आएको खुलेको छ । उनी गएको आइतबार नै नेपाल आएको बुुझिएको छ ।

उनी काठमाडौँको मेरियट होटलमा बसेको खुल्न आएको छ । आइतबार आएका उनले प्रधानमन्त्री केपी ओलीलाई पनि बालुवाटारमै पुगेर भेटेको बालुवाटार स्रोतको भनाई छ । दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना आएको बेला त्यहाँका एकजना वरिष्ठ कूटनीतिज्ञ नेपाल आउनुलाई नै नराम्रो भन्नुपर्ने अवस्था त देखिँदैन । किनभने भेटघाट, छलफल र परामर्शबाटै निष्कर्ष निस्किने हो । फेरि उनलाई भारत सरकारले नै विशेषदूतका रुपमा पनि पठाउन सक्छ । तर अहिलेको परिस्थिति हेर्दा त्यस्तो देखिँदैन । किनभने यति जिम्मेवार कार्यहरु यसरी सुटुक्क आएर र गोप्य रुपमा होटलमा बसेर होला भन्न सकिँदैन । सहजताका लागि भए सार्वजनिक रुपमा हुनुपथ्र्यो ।

नेपाल सरकारले वार्ताका लागि बारम्बार आग्रह गरी आएको छ तर कोरोनाको महामारीको कारण देखाएर वार्तामा बस्न मानेको छैन । उता भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई बारम्बार प्रयास गर्दा पनि भारतीय विदेश मन्त्रालयले भेट दिएको छैन । उनलाई भेटका लागि मन्त्रालयलका अधिकारीले समेत समय नदिएर अपमानित गरेको समाचार यसअघि नै आएको छ । तर पनि यस्तो अवस्थामा यसरी सुटुक्क नेपाल आएका यी उच्च अधिकारीका क्रियाकलापहरु निगरानीमा राख्नुपर्ने आवश्यक छ । अनि कोरोना महामारीको कारण देखाएर नेपाल सरकारलाई वार्ताको समय नदिने भारतका यी वरिष्ठ कूटनीतिज्ञलाई उनी बसेको होटलमै क्वारेन्टिनमा राख्ने कि भेटघाट र चलखेललाई निरन्तर गरिरहन दिने ?