८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पार्टीहित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा नेताहरुलाई कारवाही र निष्कासन गरिनु दु:खद्: महामन्त्री राणा

पार्टीहित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा नेताहरुलाई कारवाही र निष्कासन गरिनु दु:खद्: महामन्त्री राणा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्सेर राणाले पार्टी एकता र पार्टीहित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति आपत्ति जनाएका छन् ।

महामन्त्री राणाले अध्यक्ष लिङ्देनलाई एक पत्र लेख्दै पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै उक्त गल्ती अनिवार्य सच्याउन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन् – ‘पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दुखद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ ।’

फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक रहेको भन्दै सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास रहेको प्रस्ट पारेका छन् ।

यस्तै, उनले अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउन माग गर्दै निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा विश्वाससहित पछिल्लो निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यस्तो छ पूर्णपाठ:

श्री अध्यक्षज्युू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम समयमै महाधिवेशन सम्पन्न गर्ने परिवेशमा स्थानीय तहमा अधिवेशनको क्रम जारी छ । केन्द्रीय महाधिवेशन समयमै पूरा गर्ने हामी सबैको जिम्मेवारी छ । यही सन्दर्भमा जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको विदितै छ ।

यही क्रमबीच पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दुखद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ ।

फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक हुन् । सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास हो । पार्टीको तर्फबाट प्रदेससभा उम्मेद्वार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुखद र निन्दनीय छ । पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरु चिन्तित छन् ।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरु खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल र सल्लाह नगरी एकलौटी किसीमले नामहरु तोकिएको छ, जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो । अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरु सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो तर, यो अवधारणालाई उपेक्षा गरि एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ । प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटीपूर्ण छ, यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटी सच्याउने विषय हो ।

निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं । तर, पछिल्लो निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन् । यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउन समेत अनुरोध गर्दछौं ।

 

मा.डा. धवलशम्सेर राणा
महामन्त्री