५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीहित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा नेताहरुलाई कारवाही र निष्कासन गरिनु दु:खद्: महामन्त्री राणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्सेर राणाले पार्टी एकता र पार्टीहित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति आपत्ति जनाएका छन् ।

महामन्त्री राणाले अध्यक्ष लिङ्देनलाई एक पत्र लेख्दै पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै उक्त गल्ती अनिवार्य सच्याउन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन् – ‘पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दुखद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ ।’

फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक रहेको भन्दै सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास रहेको प्रस्ट पारेका छन् ।

यस्तै, उनले अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउन माग गर्दै निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा विश्वाससहित पछिल्लो निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यस्तो छ पूर्णपाठ:

श्री अध्यक्षज्युू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम समयमै महाधिवेशन सम्पन्न गर्ने परिवेशमा स्थानीय तहमा अधिवेशनको क्रम जारी छ । केन्द्रीय महाधिवेशन समयमै पूरा गर्ने हामी सबैको जिम्मेवारी छ । यही सन्दर्भमा जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको विदितै छ ।

यही क्रमबीच पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दुखद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ ।

फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक हुन् । सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास हो । पार्टीको तर्फबाट प्रदेससभा उम्मेद्वार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुखद र निन्दनीय छ । पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरु चिन्तित छन् ।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरु खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल र सल्लाह नगरी एकलौटी किसीमले नामहरु तोकिएको छ, जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो । अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरु सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो तर, यो अवधारणालाई उपेक्षा गरि एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ । प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटीपूर्ण छ, यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटी सच्याउने विषय हो ।

निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं । तर, पछिल्लो निर्णयहरुबाट देशभरीका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन् । यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउन समेत अनुरोध गर्दछौं ।

 

मा.डा. धवलशम्सेर राणा
महामन्त्री