७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा प्रमुख दलहरू एकतावद्ध

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा प्रमुख दलहरू एकतावद्ध
अ+ अ-

काठमाडाैंः  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गर्नुभएको हो ।

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र एकतावद्ध रहेको र त्यसैको बलमा यो विषय टुंगोमा पु¥याउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री अ‍ोलीले सबै दलहरुलाई एकतावद्ध भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।

संविधान संशोधन गर्नुपर्ने विषयमा दलहरुले माग राख्दै आएपनि तत्काल यो विषयलाई टुंगो लगाउनुपर्ने आवश्यकता भएकाले अन्य विषय समावेश नगर्न उहाँले आग्रह गर्नुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

सम्झौताको दस्तावेजका रुपमा रहेको संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो विषय तत्काल टुंगो लगाउनुपर्ने बताउनुभयो । तर बैठकमा नेपाली कांग्रेसले प्रस्तावमा सकारात्मक भएपनि पार्टीभित्र थप छलफलको आवश्यकता रहेको बताएपछि सहमति जुट्न सकेन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रस्तावको विषयमा छलफल गर्ने कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बताउनुभयो ।

कुटनीतिक वार्ताको माध्यमबाट विवाद समाधानका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटि बैठकबाट संशोधन प्रस्तावको विषयमा निर्णय हुने बताउनुभयो । बैठकमा जनता समाजवादी पार्टी दलका नेताहरुले आफुले उठाउँदै आएका मागहरु पनि समेट्न आग्रह गरेका थिए ।

कांग्रेसले केन्द्रीय कमिटि बैठक बोलाएर छलफल गर्नेे समय माग गरेपछि प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै सहमति हुन सकेन् ।

शुक्रबार दर्ता गरेको संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकाले गरेको छ ।