१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा हवाई फायर गरेर दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ ।

दुई राउन्ड हवाई फायर गरेर बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज रायलाई पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

यस्तै, प्रहरीले उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।