१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्न मन्त्री भट्टराइकाे निर्देशन



अ+ अ-

काठमाडौ: संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधबार ‘भर्चुअल मिटिङ’ गदै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दूरी लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरिरहन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले  निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार व्यक्ति अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तराष्ट्रिय बुद्धिस्ट संगठनहरुसग पनि भर्चुअल बैठक गरी कोराेना महामारी विरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए ।  

भर्चुअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

लुम्बनी विकास कोषले कोविड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए । उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ बटा क्वारेन्टाईमा समेत विभिन्न खाद्य सामाग्री, माक्स सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री समेत प्रदान गरेको उनले बताए ।

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउदै  कर्मचारी आवास गृह, पोखरीको बरिपरी विश्राम स्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए ।