२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा भ्रष्टाचारले सीमा नाघ्योः अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताउनुभएको छ । शनिवार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताउनु भयो । करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताउनु भयो । मन्त्रीहरुले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उहाँको निष्कर्ष छ ।

उहाँले भन्नुभयो, ‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ । किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ । भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुराहरु भनिइरहिएको छ । मुखै हेर्दिन भनिएको छ । यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो । जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाहीँ सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ । निर्वाचन प्रणालीको कारण हो । अर्को भनेको मन्त्रीहरुले नीतिगत निर्णयमा सही गर्दछन् ।

कार्यान्वयन ब्युरोकेट्सहरुले गर्ने, आदेश दिने मन्त्रीहरु हुन्छ, भोलि कुनै फाइलमा समस्या भयो, भ्रष्टाचार भयो भन्ने आयो भने समाउने सचिव र सहसचिवहरुलाई हो । तर नेताहरु जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ । कति टेप काण्डहरु भइरहेको हुन्छ, उनीहरु गिरफ्तार हुँदैनन् । जसले निर्णय गर्दछ, उसले नै जवाफदेहिता लिने हो भने नेताहरुले त्यस्तो गलत आदेश दिँदैनन् । यि कुराहरु सच्याएर जानुपर्छ ।’

अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको बताउनु भयो । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताउनु भयो । अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने बताउनु भयो ।