१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

२१औँ ‘प्रकाश मानवअधिकार पुरस्कार’ यादवलाई

२१औँ ‘प्रकाश मानवअधिकार पुरस्कार’ यादवलाई
अ अ+ अ-

ललितपुर। इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३३औँ स्मृति दिवसका अवसरमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ बारा जिल्लावासी सामाजिक अभियानकर्मी सुनिलकुमार यादवलाई प्रदान गरिएको छ । इन्सेक नेपालले आज ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रममा यस वर्षको पुरस्कार यादवलाई प्रदान गरिएको हो ।

यादवले चुरे संरक्षणमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप रु ५० हजार नगदसहित सम्मान गरिएको हो । प्रकाश मानवअधिकार पुरस्कार प्रत्येक वर्ष मानवअधिकारको रक्षा, संवर्द्धन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई प्रदान गरिँदै आइएको छ । यस वर्ष चुरे क्षेत्रको संरक्षण, वातावरणीय अधिकार प्रवर्द्धन तथा जलवायु न्यायको क्षेत्रमा सक्रिय यादव पुरस्कृत हुनुभएको हो ।

करिब एक दशकदेखि चुरे र वनजङ्गल संरक्षण अभियानमा सक्रिय यादवले नेतृत्व गर्नुभएको अभियानमार्फत समुदायमा आधारित चेतनामूलक कार्यक्रम, युवाको सक्रिय संलग्नता, बहुपक्षीय संवाद र नीतिगत दबाबमार्फत प्रभावकारी वातावरणीय जागरण फैलाउने कार्य हुँदै आएको छ ।

पुरस्कार प्राप्त गरेपछि यादवले आफूलाई पुरस्कृत गरेकामा इन्सेकप्रति आभार व्यक्त गर्दै चुरे बचाऊ अभियानमा अझ सशक्त र क्रियाशील रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “चुरे संरक्षण र वनजङ्गलको बेवास्ताका कारण मधेस प्रदेशमा किसान पानीबिना छटपटाउनुपरेको छ । आजको यो पुरस्कारबाट प्राप्त नगद रकमबाट म बिरुवा किनेर रोप्ने कार्यमा लगाउनेछु ।”

यादवले थप्नुभयो, “अहिले जसरी मधेसका किसान पानीबिना छटपटाइरहेका छन्, त्यसैगरी भोलि वातावरण संरक्षण नगरे सिंहदरबारभित्र पनि पानीको अभावले छटपटाउनु नपर्ला भन्न सकिँदैन । त्यसैले अब सबै सरोकारवाला निकायहरू संरक्षणका लागि गम्भीरताका साथ जुट्न आवश्यक छ ।”

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त तथा मानवअधिकार शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले यादवलाई पुरस्कारका लागि छनोट गरेकामा इन्सेकलाई धन्यवाद दिँदै वातावरण संरक्षण क्षेत्रको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हालको जलवायु परिवर्तनका कारण गम्भीर वातावरणीय सङ्कट उत्पन्न भएको छ । यस्तो अवस्थामा यादवजस्ता अभियन्ताहरूको सक्रियता प्रेरणादायी छ । भविष्यमा पनि उहाँको योगदान अझ फैलिनेमा विश्वस्त छु ।”

दासले विदेशमा रहेका ५० लाखभन्दा बढी नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मानवअधिकार आयोगले पहल गर्नुपर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रहसमेत गर्नुभयो । रासस