७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा: डब्लुएचओ

गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा: डब्लुएचओ
Palestinians carry sacks of flour unloaded from a humanitarian aid convoy that reached Gaza City from the northern Gaza Strip, Saturday, July 26, 2025. (AP Photo/Jehad Alshrafi)
अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेकोसमेत जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ अङ्गभङ्ग तथा चरम कुपोषणको शिकार भई तत्काल आवश्यक उपचारको अभावमा मृत्युको जोखिममा रहेको जनाएको छ ।

गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति र इन्धनको गम्भीर अभावका कारण आवज्ञश्यक सेवा प्रवाह गर्न सक्षम नभएकाले बिरामी र स्वास्थ्य सेवाकर्मी दुवैको पीडा बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुपोषणबाट निको हुन महिनौंको विशेष चिकित्सा हेरचाह र उपचारात्मक आहार चाहिने उल्लेख गर्दै सङ्गठनले केही प्रभावहरू आजीवन हुन सक्ने र वृद्धि तथा दीर्घकालीन स्वास्थ्य जोखिम कायम रहने जनाएको छ ।

डब्ल्यूएचओले सबै सम्भावित मार्गमार्फत गाजामा मानवीय सहायता, खाना र औषधिको तत्काल र निर्बाध प्रवेशका लागि आह्वानसमेत गरेको छ । सङ्गठनले इजरायललाई सहयोगको वितरणलाई सहज बनाई जीवन बचाउन र नागरिकहरूको पीडा अन्त्य गरी यसको सुरक्षित र द्रुत मार्ग सुनिश्चित गर्न आग्रह गर्दै युद्धविरामको आह्वान गर्नुभएको छ ।