१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी सभापति देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले राजीनामा दिदै



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा रहेका लामा पार्टी सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिन तयार भएका हुन् ।

पार्टी सभापति देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने तयारीमा रहेका लामानिकट सांसद तीर्थ लामाले बताए । मुख्यमन्त्री लामा भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा रहेका उनले बताए ।

लामाको राजीनामा पछिमात्रै इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।