५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जितालाई दण्डित गरिएको होइन पार्टीलाई निकास दिन यो कदम चालिएको हो: नयाँ अध्यक्ष चौधरी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संयोजक रेशम चौधरीका बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ ।

अध्यक्षको जिम्मेवारी सम्हालेका चौधरीले पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ ।’

पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद दिँदै उनले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताए । उनले भने, ‘उहाँलाई हटाइएको होइन—उहाँलाई दण्डित गरिएको पनि होइन । केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो । हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन पनि आग्रह गरेका छौँ। तर, उहाँ आफैँ आउन चाहनु भएन ।’

पार्टी सदस्यले उहाँप्रति लगाइएका आरोप फेस गर्न पार्टी तयाररहेको बताउदै उनले भने, ‘अझै पनि उहाँलाई यो पार्टीले धेरै पर राखेको छैन । निकासका लागि मात्रै अघि बढेको हो ।’