५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी एयरलाइन्स कम्पनीको निर्भरता हटाउन आफ्नै विमान थप्ने गृहकार्यमा सरकार



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज थप्नेबारे सरकार आन्तरिक गृृहकार्यमा जुटिरहेको बताउनुभएको छ ।

बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका सबै छ वटै जहाज सञ्चालनमा रहेको भएपनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताउनुभएको हो ।

उहाँले एयरलाइन्सका सबै प्राविधिक सम्भावित समस्याहरुप्रति पनि मन्त्रालय गम्भीर भएको बताउनु भयो । उहाँले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको बताउनु भयो । प्रदेशअन्तर्गतका विमानस्थलहरु सञ्चालनको लागि सबै प्रदेशमा एउटा—एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारहरुसँग छलफल भइरहेको उहाँको भनाइ छ । उहाँले नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एयरलाइन्सको ६ वटै प्लेनहरु अहिले धेरै वर्षपछि चलिरहेको अवस्था छ । र हामीले प्राविधिक रुपमा बिग्रनसक्ने कुरामा सचेत रहन पनि भनेका छौं । सम्भवतः अब त्यस्तो समस्या नआउला । सी चेकको समय पनि अलि पछि नै छ । मुख्य समस्या हामीसँग प्लेनको अभाव भएरै परेको देखिन्छ । एकचोटि हामीले के पनि सोच्यौं भने सातवटा प्रदेशमा ससातवटा साना प्लेनको पप्रबन्ध गर्र्न सकियो भने तद्तद् प्रदेशहरुमा चलाउन सकिन्थ्यो कि । कोसी प्रदेशले केही एप्रोच हामीसँग गरेको पनि छ । अरु ठुला प्लेनहरुको सन्दर्भमा हाम्रो जापान, थाइल्याण्ड, अष्टे«लिया र कोरियामा समेत फ्लाइट पुगेको छैन । धेरै ठाउँमा उडानको आवश्यकता वोध भएको छ । त्यतिधेरै हामीसँग एयरक्राफ्ट छैनन् । त्यसको लागि पारदर्शी हिसाबले किन्ने र त्यसको लागि स्रोत जुटाउने तथा लिजमा चलाउने उपायका बारेमा मन्त्रालय सोचिरहेको छ । त्यसो विषयमा अहिले छलफल भइरहेको छ । जतिधेरै प्लेन हामीले थप्न सक्छौं त्यति नै समस्या समाधान हुँदै जाने थिए । हामीसँग आफ्नै प्लेन भइदिएको भए बाहिरका अन्य प्लेनहरुलाई ब्यालेन्स गर्न सकिन्थ्यो । एउटा कतार एयरलाइन्सले मात्रै हाम्रो ३१ प्रतिशत प्यासेन्जर बोक्छ । त्यसैले विदेशी एयरलाइन्सहरुले लतार्नुभएकोे छ । धेरै भाडामा नेपाली यात्रुहरुलाई उड्न बाध्य पार्नुभएको छ । त्यसकारण हाम्रो क्षमतामा वृद्धि गर्नु नै एकमात्र उपाय हो ।’

उहाँले नेपालसँग विमान अभाव भएकै कारण विदेशी हवाई कम्पनीहरुले नेपाललाई लतार्ने काम गरिरहेको टिप्पणी गर्नुभयो ।