५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका भगवतीलाई चढाइयो खीर



अ+ अ-

गण्डकी । आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताउनुभयो । संयोगले यसपालि साउन १५ मै परेको उहाँको भनाइ छ ।

“बिहान ५ बजेर २१ मिनेटको साइतमा देवीलाई खीर चढाइएको हो” कोषध्यक्ष खड्काले भन्नुभयो, “मूल पुजारीले पूजआजा गर्ने र सहायक पुजारीले खीर पकाउने चलन छ, देवीलाई चढाउने खीर अलग्गै पाक्छ ।” आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो । शक्तिस्वरुपा कालिका भगवतीलाई खीर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खीर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताउनुभयो ।

पूर्वजहरुका पालादेखि नै मन्दिरमा खीर चढाउने चलन सुरु भएको उहाँको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खीर चढाएपछि मात्र बल्ल घरघरमा खीर पकाएर खाने चलन थियो । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खीर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खीर चढ्दैन ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रुपमा खीर खुवाउने गरिन्छ । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खीर खुवाउने गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो । कालिका देवीलाई खीर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रुपमा जीवित रहेको उहाँको भनाइ छ ।

विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खीर चढाएर मात्र घरघरमा खीर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन् । सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो । पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खीर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ । दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ ।

झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।रासस