काठमाडौँ । नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ ।
नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन धामीले दक्षिण एशियाली मुलुकहरूका युवा उद्यमी, लगानीकर्ता, व्यवसायिक नेताहरू र नवप्रवर्तनशील स्टार्टअपहरूबीच प्रत्यक्ष अन्तरक्रिया, लगानीका अवसरको खोजी तथा क्षेत्रीय साझेदारीको विकास मार्फत दीगो आर्थिक प्रगतिमा योगदान र्पुयाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताउनु भयो ।
उहाँले सम्मेलनमा क्षेत्रीय व्यापार, उद्यमशीलता र नवप्रवर्तन सम्बन्धी विषयगत छलफल तथा संवाद गरिने पनि बताउनु भयो । उहाँका अनुसार सम्मेलनमा नेपाली तथा विदेशी स्टार्टअप र प्रविधिमा आधारित इनोभेटिभ आइडियाको प्रदर्शनी, साझेदारी र लगानीका सम्भावना माथि अन्तक्र्रिया र नेपालको उद्योग, पर्यटन र लगानीमैत्री वातावरणको प्रवद्र्धनका विषयमा समेत संवाद गरिनेछ ।
सम्मेलनले पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै नेपालको संस्कृति तथा जैविक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सहयोग गर्ने उहाँको विश्वास छ ।










