५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा



अ+ अ-

हेटौँडा: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ ।

सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया दिँदै उहाँले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताउनुभयो ।

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताउनुभयो ।

संसदीय दलका सचिव कृष्ण तामाङले गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहनुभएका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएउनुभएको बताउनुभयो ।

उहाँका अनुसार उहाँहरूले नयाँ संसदीय दलको नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो ।रासस