१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राम नाम सत्य’ बाट डेब्यू गर्दै टिकटकर आयुष



अ+ अ-

काठमाडौँ । टिकटकबाट चर्चित बनेका आयुष सिंह ठकुरीले निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ बाट डेब्यु गर्ने भएका छन् ।

सोमवार निर्माण टिम तथा आयुषबीच कागजी सम्झौता भएको हो । टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर ठकुरीले फिल्मको निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन् । उनको यो डेब्यू फिल्म हुनेछ ।

फिल्म ‘राम नाम सत्य’ का लागि केही महिनादेखि आयुषले मेहनत पनि गरिरहेका छन् । साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माण पक्ष बताउँछ ।

यो फिल्ममा अभिनेता विराज भट्ट, सुशिल श्रेष्ठका साथमा अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् ।

अब, एक अभिनेत्री फाइनल गरेपछि कलाकारहरुको लाइनअप पूरा हुने निर्माण पक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।