१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि सम्बन्धी विधेयक मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आयोः हितराज पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाउनुभएको छ ।

आईतवारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिएको तर एकीकृत हुन नसकेको बताउनु भयो । यस सम्बन्धी विगतमा भएका छलफलहरु पनि समेटेर एकीकृत बनाइ ल्याउनुपर्ने बताउनु भयो । विधेयकको संशोधन मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूमिसम्बन्धी जुन ऐन छ, यो ऐन एकदमै पुरानो हो । धेरै पुरानो भएका कारणले र धेरै पटक संशोधन भएका कारणले सरकारसँग के आग्रह गर्दछु भने यो ऐनलाई व्यवस्थित गर्नको लागि धेरै पटक संशोधन भएर विषयवस्तु राखिएका छन् । एकीकृत बनाएर भूमिसम्बन्धी ऐन आउनुपर्छ । यो विधेयकमा तीन चार वटा विषयहरुमा केन्द्रित भएर हेरिनुपर्छ । विधेयकको जुन संशोधन आएको छ । त्यसमा अलि नेपाल सरकार मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आएको छ । त्यो बारेमा ऐनमा ख्याल गरिनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गा सम्बन्धी विषयवस्तुमा आफ्नो फरक धारणा रहेको बताउनु भयो । जग्गा लिँदा एउटा विषय भनेर लिने तर पछि निजी स्वार्थमा प्रयोग गर्ने गरेको पाइएको बताउनु भयो ।