१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै
अ अ+ अ-

स्याङ्जा। वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।

कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्मलाई उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको हो । “नार्कबाट ल्याइएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ प्रमाण्पत्र (लाइसेन्स) प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्नेछन् ।”

बीउ उत्पादकद्वारा उत्पादित उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकसहरू बनाउने, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराइने बाली विकास अधिकृत खनालले बताउनुभयो ।

उहाँका अनुसार आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्रै उन्नत बीउका रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत समूह, सहकारी, फार्म र बीउ बिक्रेता व्यवसायी तथा  कृषकलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको उहाँको भनाइ छ ।

बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव–१, मकैको मनकामना–३, गहुँ, बोडीको मालेपाटन–१, चौमासे सिमी, भटमासको खजुरे भटमास–१, कोदोको सैलुङ्गे–१, काभ्रे–१ र ओख्ले जातका मूल बीउ उपलब्ध गरिँदै आइएको बाली विकास अधिकृत खनालले जानकारी दिनुभयो ।

कार्यालयले मूल बीउ उपलब्ध गराएसँगै बीउ उत्पादक समूह, सहकारी र फार्ममार्फत स्याङ्जामा धान, मकै, कोदो, सिमी, बोडी, गहुँलगायत खाद्यान्न तथा तरकारी बालीहरूको ठूलो परिमाणमा उन्नत बीउ उत्पादन हुँदै आएको छ । पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काँक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको जनाउँदै उहाँले म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको बताउनुभयो ।

“नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ–६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको छ । तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव–१ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ”, खनालले भन्नुभयो ।

गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना–३ जातको उन्नत मकैको बीउ उत्पादन भइरहेको जनाउँदै खनालले लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम सुरु भइनसकेको बताउनुभयो । रासस