१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

काठमाडौं महानगरको गुण्डागर्दी रोक्न माग गर्दै गृह र कानूनमन्त्री लाई ज्ञापनपत्र

काठमाडौं महानगरको गुण्डागर्दी रोक्न माग गर्दै गृह र कानूनमन्त्री लाई ज्ञापनपत्र
अ अ+ अ-

काठमाडौं। कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाद्धारा व्यवसायीमाथि भइरहेको गुण्डागर्दी तत्काल रोकी शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखक र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाएका छन् ।

कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादती रोक्नको लागि उनीहरुले गृहमन्त्री लेखक र कानून मन्त्री चौरसियासमक्ष माग गरेका छन् ।

काठमाडौं महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी पनि उनीहरुले माग गरेका छन् । आज (शनिबार) मन्त्रीक्वार्टर पुगेर उनीहरुले विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा यस्तो आग्रह गरेका हुन् ।

मन्त्रीसमक्ष उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा निवेदन यो छ कि हामी कवाडी व्यवसायीहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम दर्ता रहि काठमाडौँ महानगरपालिकाको विभिन्न वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आएका छौ । बर्षौ देखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुले सरकारलाई तिर्नु पर्ने सम्पुर्ण कर (राजस्व) तिर्दै आएका छौं ।

देशमा संचालीत उद्योगहरु स्टील, वियर तथा मदिराजन्य उद्योग, कागज, प्लाष्टिक, ब्याट्री, मेटल उद्योगलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ती गर्दै आएको छ र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भुमिका रहेको छ । हाल यो व्यवसायमा एक लाख मानिस प्रतक्ष रोजगारमा आवद्ध रहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं र वातावरणीय सरसफाईमा कवाड व्यवसायको योगदान रहेको छ ।’

अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । ‘तथापि काठमाडौं महानगरपालिकाले विगत २ वर्ष देखी आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको छ ।

काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको छ,’ गुप्ताले जनाएका छन् ।

‘कवाड व्यवसायी र संकलक माथि भईरहेको यो प्रकारको महानगरको गुन्डागर्दी ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षाको लागी हामी कवाड व्यवसायी माननीय मन्त्री ज्यु समक्ष अनुरोध गर्न चाहन्छौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।