२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।

नेपाल इञ्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेशले ६३औँ इञ्जिनियर्स दिवसको अवसरमा आज बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास ः अवसर र चुनौती’ विषयक कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको र दोस्रो आवधिक योजनाका लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य रहेको स्पष्ट पानुृभयो ।

उहाँले चालु खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भन्नुभयो, “हामी चालु खर्च घटाउनेमा पहिलो नम्बरमा छौँ  । त्यो प्रमाणित गरिसकेका छौँ । राजस्व वृद्धिका क्षेत्रमा प्रदेश सरकार सफल भएको छ ।” मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रको समुन्नतिको साँचो इञ्जिनियरहरूको हातमा रहेको बताउनुभयो ।

प्रदेश सरकारले पारदर्शी, जनउत्तरदायी र परिणाममुखी शासन प्रणाली विकास गर्न प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले इञ्जिनियरहरूको ज्ञान, दक्षता र सहकार्य यस अभियानमा अपरिहार्य रहेको बताउनुभयो । रासस