९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा कोशी प्रदेश शृङ्खला १ विमोचन कार्यक्रम सम्पन्न

एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा कोशी प्रदेश शृङ्खला १ विमोचन कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडौँ। गीत संगीत र कलाकारिताका माध्यमबाट पर्यटन र संस्कृति प्रचारप्रसारको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा कोशी प्रदेश शृङ्खला -१ को विमोचन तथा सम्मान कार्यक्रम कीर्तिमान निर्देशक तथा एभरेष्ट ग्यालरीका संरक्षक माधवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२को प्रचारप्रसार तथा प्रवर्द्धन गर्न एभरेष्ट ग्यालरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री माननीय सुदन किराँती, कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल तथा कोशी प्रदेश सभासदस्य माननीय मीना श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा कोशी प्रदेश पर्यटन , वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे , कोशी प्रदेश समाजिक विकास मन्त्रालयका सचिव तथा गीतकार हेम राज तामाङ , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी , खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा , गोरखा पत्र संस्थानका महाप्रबन्धक लाल ब ऎरी, सार्वजनिक यातायात सेवा प्राधिकरणका सिईओ कुवेर नेपाली , ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केली, प्राज्ञ गायिका टीका पुन ,खप्तड पर्यटन क्षेत्र विकास समितिका सिइओ खेम जोशी, रामारोशन पर्यटन क्षेत्र विकास समिति सिईओ पुर्ण बिक लगायत गीत संगीत लगायत अन्य दर्जनौं समाजिक संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

एभरेष्ट ग्यालरीका प्रवन्ध निर्देशक तथा दृश्यमा नेपाल अभिनयका अभियन्ता कलाकार सनम कठायतले प्रकृति र संस्कृति प्रचारप्रसारको नविनतम राष्ट्रिय अभियानलाई सवैले हातेमालो गर्दै अझै सशक्त र प्रभावकारी बनाउन शुभेच्छुक सम्पुर्णमा सहयोगको आह्वान समेत गरेका छन ।

दृश्यमा कोशी प्रदेश शृङ्खला -१ अन्तर्गत कोशी प्रदेशका अर्जुनधारा नगरपालिका -झापा , रामधुनी नगरपालिका -सुनसरी , चैनपुर नगरपालिका – संखुवासभा , चौदण्डीगढी नगरपालिका – उदयपुर तथा भोजपुर जिल्लाका विभिन्न पर्यटकिय तथा सास्कृतिक स्थानहरुलाई दृश्यमा समेटिएको थियो । साथै कोशी प्रदेशका विभिन्न स्थानहरुमा छायांकन गरिएका आधा दर्जन म्युजिक भिडियोहरुका संक्षिप्त अंशहरु समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा विशिष्ट संगीतकर्मी शम्भु राई र विशिष्ट संगीतकार बुलु मुकारुङ एभरेष्ट विशिष्ट संगीतकर्मी सम्मानबाट सम्मानित भएका थिए भने वरिष्ठ गीतकार तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक तामाङ एभरेष्ट राष्ट्रिय गीतकार सम्मानबाट सम्मानित भएका थिए ।

वरिष्ठ संचारकर्मी प्रकाश सुवेदीलाई एभरेष्ट राष्ट्रिय पत्रकारिता सम्मान र बन्दी ङिमा शेर्पा एभरेष्ट राष्ट्रिय पर्यटन / समाजसेवा सम्मानबाट सम्मानित गरिएको थियो । साथै वरिष्ठ संगीतकर्मी राजकुमार बगरलाई एभरेष्ट राष्ट्रिय संगीतकर्मी सम्मानबाट सम्मानित गरिएको थियो ।

यसै गरि एभरेष्ट ग्यालरीको यो अभियानमा सहयोग तथा सहकार्य गर्नु भएका सम्पुर्ण सृष्टा, कलाकर्मी , प्राविधिक तथा संचारकर्मी समेतलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड , यशोदा ग्रुप अफ इन्ड्स्ट्रीज( करेन्ट नुडल्स) , होटेल रुविज, विराटनगर तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मा. संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले एभरेष्ट ग्यालरीले थालेको प्रचारप्रसारको यो नविनतम अभियानमा समर्थन जनाउदै आफ्नो व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट सम्पुर्ण सहयोग रहने प्रतिवद्द्ता व्यक्त गरेका थिए।