१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध



अ+ अ-

एजेन्सी । इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् ।  गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् ।

देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो । बाँधहरूले अब क्षमताको ४४ प्रतिशत मात्र ओगटेका छन् । जबकि होर्मोज्गन र फार्स जस्ता दक्षिणी प्रान्तहरूले पूर्ण रूपमा कमीको सामना गरिरहेका छन् ।

तेहरानमा ४१ प्रतिशत वर्षा घटेको बताइएको छ । तेहरान प्रान्तको पानी कम्पनीले यसले बिहीवारदेखि अर्को सूचना नभएसम्म सबै सार्वजनिक र निजी पोखरीहरूमा पानी आपूर्ति निलम्वन गरिएको जनाएको छ । मन्त्रिपरिषद् बैठकमा इरानी राष्ट्रपति मसूद पेजेश्कियानले विगतका प्रयासहरू संकट समाधान गर्न असफल भएको स्वीकार गर्नुभयो ।