१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा भन्छन्- राजनीतिक संकट झनै बढ्यो



अ+ अ-

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजनीतिक संकट झनै बढेको बताएका छन् । उनले नेपालमा विदेशीको चलखेल व्यापक भएको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने आशंका समेत उत्पन्न भएको कमल थापाले बताएका छन् । मंगलबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत थापाले विदेशीको चलखेलले ठीक बेठिक छुट्याउन पनि कठिन भएको बताएका छन् । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उनले उदाहरणको रुपमा राखेका छन् । उनले भनेका छन्, नेपाली राजनीतिमा बिदेशी चलखेल यति व्यापक छ कि ठिक र बेठिक छुट्याउन पनि कठिन भएको छ। संबिधान संसोधन, धर्मनिरपेक्षता,संघियता,गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ उनले भनेका छन् ।

उनले लेखेका छन्,‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिकरबेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’

थापाले घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा औंल्याएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘राजा महेन्द्र, राजा वीरेन्द्र, बीपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।’